बाबुरामलाई नेतृत्व लिन असन्तुष्टहरूको आग्रह

baburam-bhattaraifअसोज ५ । काठमाडौँ, संविधानसभाबाट संविधान घोषणा गरेपछि थप असान्त बन्न थालेको मधेसका मुद्दा सम्बोधन गर्न एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व लिइदिन एमाओवादीकै मधेसकेन्द्रित दलहरूले आग्रह गरेका छन् ।

सोमबार भट्टराई निवास सानेपा पुगेका एमाओवादी नेताहरू रामचन्द्र झा, प्रभुु साह, रामरिझन यादव, महेन्द्र पासवान, घनश्याम यादव, रामकुमार शर्मा सहितका नेताहरूले नयाँ एजेण्डा सहितको मधेसीका मुद्दाको नेतृत्व लिइदिन भट्टराईसँग आग्रह गरेका हुन् । संविधानसभाबाट घोषणा भएको संविधानले मधेस र थारू सहित जनजातीका मुद्दा समेट्न नसकेकामा असन्तुष्ट रहँदै आएका भट्टराईले नियमित छलफल गर्दै अगाडि बढ्न नेताहरूलाई सल्लाह दिएका छन् ।
हामी उत्पीडित समुदायका राजनीतिक अधिकार समाप्त गरिदिनुभयो । मधेस र थारू सहितका जनजातीका मुद्दालाई अलग राखेर संविधान जारी गराउनु भयो । उत्पीडित समुदायलाई अधिकार दिलाउन २०५२ मा बन्दुक उठाइयो अन्तरिम संविधानले दिएका अधिकार पनि कटौती गरिदिनुभयो आफूहरूले भट्टराई समक्ष राखेको गुनासो उद्धृत् गर्दै पासवानले भने,‘मधेसी थारू सहितका जनजातीको मुद्दा सम्बोधन गर्न भूमिका खेलिदिनुपर्यो भनेका छौँ ।’ समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु