
काठमाडौं – अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ । प्रियंका र आयुषमानले शनिबार इन्गेजमेन्ट गरेका हुन् ।
डेढ वर्षयताको अफयेरलाई विबाहमा परिणत गर्न गरिएको इन्गेजमेन्टको तस्वीर आयुषमानकी आमा तथा चर्चित बैंकर रविनादेशराज श्रेष्ठले सार्वजनिक गरेकी हुन् । इन्गेजमेन्ट भए पनि वैवाहिक कार्यक्रम कहिले हुने भन्नेबारे केही खुलाइएको छैन् ।






