काठमाडौं । क्यानडामा जारी ग्लोवल टि ट्वान्टि लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले फेरी एक पटक उत्कृष्ट प्रदर्शन गरेका छन् । मोन्टरियल टाइगर्सको समुह चरणको चौंथो खेलमा सन्दिपले चार ओभर बलिङ गरेका सन्दिपले एक मेडन सहित १६ रन खर्चिएर एक विकेट लिए ।
मोन्टेरियलको तेश्रो ओभरमा बलिङ गर्न आएका सन्दिपले आफ्नो पहिलो ओभरमा नै टोलीको लागि पहिलो सफलता दिलाए । उनले आफ्नो पहिलो ओभरको पाँचौं बलमा एन्ड्ेर फ्लेचरलाई बोल्ड गरेका हुन् । पहिलो ओभरमा सन्दिपले विकेट मेडन राख्न सफल भए । टोलीको पाँचौं ओभर र आफ्नो दोश्रो ओभर बलिङ गरेका सन्दिपले पाँच रन खर्चिए । त्यस्तै सन्दिपले आफ्नो तेश्रो ओभरमा सात तथा अन्तिम ओभर मात्र चार रन खर्चिए ।
सन्दिपले आफ्नो पहिलो खेलमा चार ओभर बलिङ गर्दै ५७ रन खर्चिएर एक विकेट लिएका थिए भने दोश्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा नै १९ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।
मोन्टरियलले आफ्नो चौंथो खेलमा पहिलो जित हात पारेको छ । १३० रनको लक्ष्य पक्षाएको एडमोन्टन रोयल्सलाई १९ दशमलब एक ओभरमा ११४ रनमा रोक्दै मोन्टेरियलले १५ रनको जित हात पारेको हो ।
मोन्टेरियलको जितमा पिटर सिडलले सर्वाधिक चार विकेट लिए भने केभोन कोपर र लसिथ मालिङ्गाले समान दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मोन्टरियलले २० ओभरमा छ विकेट गुमाएर १२९ रनको मध्य स्कोर खडा गऱ्यो । मोन्टेरियलको लागि मोइसेस हेनरिक्सले ४९ बलमा सर्वाधिक ५० रन बनाए भने नाजिबउल्लाह जद्रानले अविजित २२ रनको योगदान दिए । एडमोन्टनका वायन पार्नेलले मोन्टेरियलका तीन जना ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए ।
cricketingnepal.com








