सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ११ तिङलास्थित खाप्ला भिरमा आज भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको घटना स्थलमै मृत्यु भएको र एक जनालाई उद्दार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । मृतकको सनाखत हुन सकेको छैन । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जीप बिहान करिब साढे ७ बजे दुर्घटनामा परेको हो । को १ ज १८६० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

सम्बन्धित शिर्षकहरु