
जुम्ला । सरकारको जर्बजस्ती र प्रहरी दमनपछि डा.गोविन्द केसी काठमाडौं फर्किन राजी भएका छन्। अनसनस्थलमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दै डा.केसीका समर्थकलाई घाइते बनाएपछि उनी काठमाडौं जान तयार देखिएका हुन्।
‘सरकार हिंसामा उत्रियो। प्रहरीले विद्यार्थीलाई समेत लाठी हानेको छ। अश्रुग्यास हानेको छ’, डा.केसीले भने, ‘यो हेर्न सक्दिनँ म काठमाडौं जान तयार छु।’
पत्रकार सम्मेलन गरेर उनी काठमाडौं फर्किने तयारी गरिरहेका छन्। प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सक घाइते भएका छन्। समाचार संकलन गरिरहेका पत्रकारको क्यामेरा फुटाइदिने एवं अवभद्र व्यवहार गर्ने काम प्रहरीले गरेकाे छ।








