एजेन्सी – साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । दक्षिण कोरियासँग २-० ले पराजित हुँदै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । आजै भएको अर्को खेलमा पनि स्विडेनले मेक्सिकोलाई हराएको थियो।
समूह ‘एफ’ मा रहेको दुवै टोलीका लागि यो महत्वपूर्ण खेल थियो। अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० ले हराउँदै समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गर्यो। लगातार दुई खेल गुमाईसकेको दक्षिण कोरियाले जर्मनसँग अंक खोस्नाले एसियाली मुलुक ४ अंक सहित समूहमा तेस्रो भएर रसिया विश्वकपको खुसद अन्त्य गरेको छ।








