मस्को । साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेको उरुग्वेले दोश्रो चरणको खेलमा पनि जीत निकाल्दै अघिल्लो चरण प्रवेश गरेको हो । उरुग्वेको जीतसँगै समूह ‘ए’बाट आयोजक रुसको पनि अघिल्लो चरण पक्का भएको छ ।
एरुग्वेको जीतका लागि खेलको २३ औं मिनेटमा लुइस सुवारेजले गोल गरे । समूह बिजेताका लागि अब उसले रुससँग खेल्नेछ । रुसलाई हराउन सके एरुग्वे समूह बिजेता र हराउन नसके वा बराबरी भएमा समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्नेछ ।
उरुग्वेले अहिलेसम्म साउदीलाई हराउन सकेको थिएन । साउदी पहिलो खेलमा आयोजक रुससँग ५–० ले पराजित भएको थियो । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गरेको थियो ।
दुई पटकको पूर्वविजेता उरुग्वे अघिल्लो संस्करणमा प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो । यता साउदी अरब भने सन् २००६ पछि पहिलो पटक विश्वकप खेलेको हो । उसले सन् १९९४ यता विश्वकपमा जित हात पार्न सकेको छैन ।








