काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले ५ जना मात्र एआइजी राख्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेको छ । मन्त्रिपरिषदबाट पारित भएपछि मन्त्री स्तरीय यो निर्णय लागू हुनेछ। यो निर्णयसँगै गृह मन्त्रालयले १६ जनाबाट घटाएर एआइजीको दरबन्दी ५ मा झारेको हो ।
अब प्रहरी मुख्यालयमा २ जनामा एआइजी हुनेछन् । यसैगरी, महानगरीय प्रहरी आयुक्तको कार्यालय र तालिम केन्द्रमा १-१ एआइजी रहनेछन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक भागबण्डाको नाममा १६ जनासम्म एआइजी बनाएको थियो ।








