चैत १२ ।काठमाडौँ, विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ गते हुने भएको छ ।
विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले यही चैत १४ गते रामनवमीको अवसर पारेर महासम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँले सनातन धर्मको रक्षा गर्दै नयाँ पुस्ता सम्म लैजाने उद्देश्यले सम्मेलन गर्न लागिएको बताउनु भयो ।
महासम्मेलनमा भारतीय जनता पार्टीका केन्द्रीय सचिव अरुणकुमार जैन, भाजपाका नेता डा दिनेश उपाध्याय, नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का, लक्ष्मणप्रसाद घिमिरे, हरिबोल भट्टराई, कृष्णा अमात्य, सुवर्ण ज्वारचनलगायतका नेताहरु सहभागी हुने महासङ्घले जनाएको छ ।
महाधिवेसनमा शान्तिबाटिकादेखि राजाधानीका विभिन्न स्थानमा शान्ति र्याली पनि निकालिने कार्यक्रम रहेको छ ।








