एजेन्सी, बलिउड अभिनेता सलमान खानकी कथित गर्लफ्रेन्ड युलिया बन्तुरले केही दिनअघि एक रोमानियाली पत्रिकालाई अन्तर्वार्ता दिएकी छिन् । अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘भारतमा एउटै घरमा कयौँ मानिस हुन्छन्, पूरै परिवार सँगै बस्छन् । यसले गर्दा त्यहाँ पति–पत्नीबीच कुनै गोप्यता हुन सक्दैन ।’
युलियाको यो अन्तर्वार्ता बाहिर आएसँगै बलिउडमा अनुमान गर्न थालिएको छ– यही कारणले गर्दा सलमान र युलियाको सम्बन्ध बिग्रिएको हुन सक्छ ।
युलियाले अन्तर्वार्तामा थपेकी छिन्, ‘मैले भारतमा धेरै सिकेँ, गाउन सिकेँ । त्यहाँ धेरै रमाइलो पनि गरेँ । तर, भारत र हाम्रो सोच, मानसिकता तथा संस्कृति धेरै फरक छ । म सलमानको परिवारसँग धेरै समय बसेँ ।
तर, त्यहाँ मैले कहिल्यै गोप्य समय पाइनँ ।’ युलियाले भारत गएकाले आफूले थिएटर करिअर छाड्नुपरेको र त्यसले आफूलाई निराश बनाएको बताएकी छिन् ।








