आज राति सवाँ दश बजे विश्व च्याम्पियन वेष्टइन्डिजले विश्व–११ टोलीको सामना गर्दै

काठमाडाैँ । आज राति सवाँ दश बजे विश्व च्याम्पियन वेष्टइन्डिजले विश्व–११ टोलीको सामना गर्दैछ। नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने विश्व–११बाट प्रतिनिधित्व गर्दैछन्। त्यसैले नेपालीका लागि यो खेल चासोको छ।

केही अघि मात्रै भारतको इन्डियन प्रिमियर लिग(आइपीएल) खेलेर आएका सन्दीपले टी–२० को विश्व च्याम्पियन टोलीविरुद्ध प्लेइङ–११ मा पर्लान कि नपर्लान? परे भने कस्तो प्रदर्शन गर्लान? के उनको प्रदर्शनले विश्व–११ले विश्व च्याम्पियनविरुद्ध जित हात पार्ला? यी तथा यस्ता प्रश्न नेपालीका चासोका विषय हुन्।

तर, कहिलेकाही केही खेलहरु यस्ता हुन्छन्, जसको अर्थ नतिजा भन्दा ठूलो हुन्छ। त्यही मध्येको एक खेल हो यो। गतवर्ष अगष्ट–सेप्टेम्बरमा आएको समुन्द्री हुरिकेनले वेष्ट इण्डिजका पाँच स्टेडियममा क्षति पुर्याएको थियो। रोनाल्ड वेस्टर पार्क, शिर भिभ रिचार्ड स्टेडियम, वेन्डसर पार्क, एओ सिर्ले रिक्रिसन पार्क र करिब लुम्बर बेल पार्क क्षति पुगेका स्टेडियमहरु थिए।

तिनै स्टेडियमहरुको पुर्न निर्माणका लागि विश्व क्रिकेटको सर्वोच्चो निकाय(आइसीसी)ले विश्व–११ टोली बनाउँदै च्यारिटी खेल आयोजना गरेको हो। जसमा अफगानिस्तान शाकिब अल हसनले नाम फिर्ता लिएपछि जेठ पहिलो साता आइपीएल खेलिरहेका सन्दीप लामिछानेलाई मौका दिएको थियो।

सुरुमा इंग्ल्याण्डका टी–२० कप्तान इयोन मोर्गनले विश्व–११ टोलीको कप्तानी गर्ने भनिएको थियो तर औलामा लागेको चोटका कारण उनका स्थानमा पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदीले उनको स्थान लिए। कप्तानी पाएपछि अफ्रिदीले टुविटरमा लेखे, ‘राम्रो उदेश्यका लागि विश्व–११ टोलीको नेतृत्व गर्न पाउनु मेरालागि निकै सम्मानको कुरो हो। दुबै टोलीका खेलाडीले उच्चस्तरिय खेल प्रदर्शन गर्नेमा म विश्वस्त छु।’

को को छन् विश्व–११ मा?

अफ्रिदीसँगै पाकिस्तानको टोलीको सोयब मलिक, श्रीलंकाका टी– २० कप्तान थिसरा परेरा, अफगानिस्तानका लेग स्पिनर रासिद खान, बंगलादेशका अलराउण्डर सकिब अल हसन र तमिम इक्वाल, भारतका दिनेश कार्तिक, न्यूजिल्याण्डका लुकी रोचीँ र मिचेल म्याक्लेघन, इंग्ल्याण्डका ट्यामल मिल्स र साम बिलिङ्ससँग विश्व–११को टोलीमा सन्दीप अटाएका हुन्। उनीहरुसँगै इंग्ल्याण्डका आदिल रासिद र साम कुरान पनि विश्व–११ को टोलीमा छन्।

स्थानः लर्डस, लण्डन
मितीः २०७५ जेठ १७, राति सवाँ १० बजे।

सम्बन्धित शिर्षकहरु