सम्पन्नहरूले ‘फेशन शो’ गर्ने पर्व हैन, परोपकारको माध्यम बन्नु पर्छ तिज

सिड्नी,।
तिज पर्व नजिकिंदै  जांदा अस्ट्रेलियाका नेपाली महिलाहरू हरेक सप्तान्हमा आपसि जमघट गर्दै  ब्यस्त हुन थालेका  छन्न। अपासि भेटघाट , शुभकामना ,दर खाने निम्तालु र रमझमका शहभागी र रमिते बन्ने गरेका छन्न् उनिहरू।  विभिन्न संस्था र आयोजकहरूले आयोजना गर्ने यस्ता पर्व मनोरन्जनका लागि मात्र नभएर परोपकारका लागि समेत अर्थ सँकलनको सहायक बन्न थालेका छन। विभिन्न शहरमा भिन्न-भिन्नै  आयोजकहरूले तिजको नाम दिएर कार्यक्रम अजमाउने लहरनै चलेको छ अहिले ।   यसै क्रममा  अष्ट्रेलियाको सिड्नी स्थित रकडेलको  थर्ड आई विस्ट्रो एण्ड बारमा नेपाली चेलीहरू नाचे , रमे, देशलाई सम्झे र नेपालको एक परोपकार संस्थालाई एक हजार डलर सहयोग गरे।  संसारा   ईभेन्टस र जय हो इनस्टाईलको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रममा तिजका  विविध पक्षको प्रस्तुति राखिएको थियो।  तीजलाई भव्यतापूर्वक अघि बढाउने मात्र होइन यसबाट संकलित रकमले नेपालमा समाजसेवा गरिरहेकी दिक्षा चापागाईलाई एक हजार १० डलर सहयोग गर्ने समेत निर्णय आयोजकहरूले सो अवसरमा बताएका थिए । तिज कार्यक्रमका सहभागी महिलाहरू भन्छन् ‘आफ्नो पन र पहिचानको निरन्तरता दिन तिज त मान्छौ नै तर यो सँगै तिज कार्यक्रम बाट उठेको रकम नेपालमा समाज सेवामा लगाउने परम्परा पनि थालेका छौं ‘ । यसो त गैर आवसिय नेपालीइ संघ (एन आर एन ) को भगीनि संस्था  नारि निकुन्ज अस्ट्रेलियाले पनि यस्तै तिजका कार्यक्रम गर्दै नेपालमा पाठेघरका रोग बाट पीडित महिलाहरूको उपचारमा सहयोग गर्दै आएको छ ।
गत वर्ष मात्र नारी निकुन्जले यस्ता  थुप्रै पीडित महिलाको उपचारमा सहयोगको हात बढाएर धन्यवादको पात्र बनेको थियो । उनिहरू भन्छन: ‘यस वर्ष मनाइने तिजको लक्ष्य पनि उहि हो आफ्नो संन्स्कृतिको  जगेर्ना गर्ने र सन्कलित रकमलाई नेपालको परोपकारमा लागाउने । ‘
तिज परम्पराले आफ्नो मौलिक  सान्स्क्रितिक महत्वलाई डोर्याउनु भन्दा पनि  हुने-खाने महिलाहरूले आफ्नो गर-गहना र पहुचको प्रदर्शन गर्ने ,सात्विक र धार्मिक दिनचर्या विताउनु भन्दा पनि मदिरा तथा  तामसि भोजनमा रम्ने विकृति लाई निम्त्याएको आलोचना आउने गरेको छ । तर सहभागीहरू भन्छन्, ‘विकृति हाम्रो चुनौती हो ,तर यसको अर्को पाटोले भने आपसमा मेलमिलाप र समाजसेवामा भने टेवा पुर्याएको छ। ‘
अस्ट्रेलियाको सिड्निको अन्य शहर र नेपालीइहरू रहेका विश्वका अन्य देशमा पनि तिज को आसपासमा थुप्रै कार्यक्रम भए गरिएका छन। तर जहाँ मनाए पनि तिज यसरीनै  परोपकारको  माध्यम बन्न सके यसको गरिमा अझ उचों हुन सक्ने विज्ञ हरूको राय रहंदै आएको छ।

https://www.youtube.com/watch?v=TtvaC_9Xdts

सम्बन्धित शिर्षकहरु