यस्तो छ विश्वकप फुटवलको ‘अफिसियल’ गीत

एजेन्सी – रुस विश्वकप फुटबल–२०१८ को अफिसियल गीत सार्वजनिक भएको छ । अमेरिकन गायक निक्की जामको स्वर रहेको गीत विश्व फुटबल महासंघले शुक्रबार सार्वजनिक गरेको हो । गायक निक्की जामलाई गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप…’ बोलको यो गीतको शब्द डिप्लोले लेखेका हुन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सकिराले गाएको ‘वाका वाका।।’ बोलको गीत पनि डिप्लोले नै लेखेका थिए । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा पिटबुलले गाएको ‘ओले ओला।।’ गीतको शब्ल पनि उनकै थियो । विश्वकप यही जुन १४ देखि जुलाई १५ तारिखसम्म रुसको विभिन्न १२ रंगशालामा हुँदैछ ।

सम्बन्धित शिर्षकहरु