नाडाललाई आठौं पटक इटालियन ओपनको उपाधि

एजेन्सी । विश्व नम्बर एक स्पेनिस राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा जर्मनीका एलेक्जेन्डर जेभरेवलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।

रोममा भएको फाइनलमा नाडालले जेभरेवमाथि ६ – १, १ – ६ र ६ – ३ को जित निकाल्दै उपाधि उचालेका हुन् । योसँगै नाडालले आठौं पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् । ३१ बर्षीय नाडाल इटालियन ओपनमा सर्वा्धिक उपाधि जित्ने खेलाडी समेत हुन् । यस्तै नाडाल विश्व टेनिसको बरियतामा शीर्ष स्थानमा कायम रहन सफल भएका छन् ।

महिलातर्फको उपाधि एलिना स्विटोलिनाले जितेकी छिन् । उक्रेनी स्विटोलिनाले रोमानियाकी विश्व नम्बर एक सिमोना हालेपलाई ६ – ० र ६ – ४ ले पराजित गर्दै उपाधि जितेकी हुन् ।

सम्बन्धित शिर्षकहरु