विराट कोहलीको बैंग्लोर अाइपीएलबाट बाहिरियो

एजेन्सी । लज्जास्पद हारसँगै भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोर अाइपीएलबाट बाहिरिएको छ। लिगचरणको अन्तिम खेलमा शनिबार साँझ राजस्थान रोयल्ससँग ३० रनले पराजित भएसँगै बैंग्लोर प्रतियोगिताबाट बाहिरिएको हो। जितसँगै राजस्थानले भने प्लेअफ सम्भावना कायमै राखेको छ।१४ अंकसहित राजस्थान चौथो स्थानमा उक्लिएको छ भने १२ अंक भएको बैंग्लोर छैटौं स्थानमा रहँदै प्रतियोगिताको यात्रा सकाएको छ।

१ सय ६५ रनको लक्ष्य पछ्याएको बैंग्लोरका खेलाडीहरुले पुरै २० अोभर पनि खेल्न सकेनन्। एबी डिभिलिर्यसबाहेक कुनैपनि ब्याट्सम्यान नचल्दा ४ बल बाँकी छदैं १ सय ३४ रनमा समेटियोको थियो। डिभिलियर्सले ५३ र पार्थिव पटेलले ३३ बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गरेनन्।

विराट कोहली ४, मोहन अलि १, मन्दीप सिंह ३ रनमा अाउट भए। राजस्थानका श्रेयेस गोपालले ४ अोभरमा १६ रनमात्रै दिएर ४ विकेट लिएपछि बैंग्लोर सस्तैमा समेटिएको हो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० अोभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। उसका राहुल तिरुपतिले ८०, अजिक्ये राहणेले ३३ र हेनरिच क्लासेनले ३२ रन जोडेका थिए। अाइपीएलबाट बाहिरिने बैंग्लोर दोस्रो टोली बनेको छ। यसअघि दिल्ली डेयरडेभिल्स बाहिरिएको थियो।

सम्बन्धित शिर्षकहरु