एफए कपको उपाधि चेल्सीलाई

एजेन्सी । एफए कपको उपाधि चेल्सीले जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले उपाधि जितेको हो । इडेन हाजार्डले खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

बेलायतको राष्ट्रिय रंगशाला विम्ब्लीमा भएको खेलमा चेल्सीमाथि युनाईटेडले दबाब सिर्जना गरेपनि गोल भने गर्न सकेन । एलेक्सिस सान्चेजको गोलको मौका अफ साइड भएका कारण विफल भयो । यस्तै पाउल पोग्बाको दुई वटा उत्कृष्ट प्रहारलाई चेल्सीका गोल रक्षक थियाबट कट्वाले बचाएका थिए ।

सम्बन्धित शिर्षकहरु