एजेन्सी । आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लव एथ्लेटिको मड्रिडसंग १–० ले पराजित भएपछि आर्सनल बाहिरिएको हो ।
घरेलु मैदानमा भएको खेलमा पुरै ९० मिनेटमा आर्सनलले आक्रामक खेल खेलेपछि गोल गर्न सकेन । एथ्लेटिकोको अब भिडन्त फ्रेन्च क्लव मार्सेसँग हुनेछ । मार्सेले अष्ट्रियन क्लव साल्जवर्गसँग २–१ ले पराजित भए पनि एग्रिगेसनमा ३–२ को जित निकाल्दै फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा मार्से २–० ले विजयी भएको थियो । फाइनल खेल यही मे १६ तारिखमा फ्रान्सको लियों शहरमा हुँदैछ ।








