नेपालीद्वारा तयार पारीएको’ फिजी-नेपाली ईतिहास ‘ लाई अक्स्फोर्ड विश्वविध्यालयद्वारा प्रकाशन

 

असनेपालन्युज , सन्जिव अर्याल । फिजीका नेपालीका बारेमा नेपालीबाटै गहिरो अनुसन्धान गरी तयार पारीएको एक अनुसन्धानात्मक प्राज्ञिक सामाग्रीलाई बेलायतको प्रसिद्द विश्वविध्यालय ‘अक्स्फोर्ड विश्वविध्यालय’ले प्रकाशनमा ल्याएको छ । छ । फिजी नेपालीको बारेमा नेपाली बाटै अनुसन्धान गरिएकोै र प्रसिद्द विश्वविध्यालय अक्स्फोर्डले प्रकाशन गरेको संभवत यो नै विश्वजगतमा पहिलो प्राज्ञिक कृति हुने छ ।
१४० बर्ष अघि कसरी नेपालीहरू श्रमिक बन्न फिजी देश पुगे , उनिहरूको भाषा कसरी मासियो र अब पुन: कसरी नेपाल सँग जोडींदै छन् लगायत का सामग्रि सो पुस्तकमा समावेश हुनेछन्। “ग्लोबल नेपालीज ‘ नामको सो पुस्तक मार्फत यसरी ईतिहासले ओझेलमा पारेको फिजी नेपालीहरूको रहस्य लाई पुन: विश्व सामु ल्याइंदैछ । नेपाल फिजी गणतान्त्रिक सांन्स्कृतिक राजदुत तथा सकारात्मक सोच अभियन्ता भीमसेन सापकोटा (आचार्य राजन ) ले स्थलगत रुपमा फिजीमा विगत सन् २००९ देखि पटक -पटक अनुसन्धान गरेको ऐतिहासिक, तथ्यगत विवरण सो पुस्तकमा पढ्न सकिने छ । यस्तै वेलायत अक्स्फोर्डका प्राध्यापक तथा सेन्टर फर नेपाल स्तडिज ,यु के का प्रमुख कृष्ण अधिकारिको सह लेखन रहेको सो सामाग्रीलाई अक्स्फोर्ड प्रेस ले वाहिर ल्याउंदै गरेको हो । अक्स्फोर्ड प्रेस ले आफ्नो अधिकारिक साइट मार्फत यो जानकारीलाई भर्खरै सावर्जनिक गरेको छ । आफ्नै आमाको कांख बाट टाढा बनाएर फिजीको माटोमा नेपालीहरूलाई कसरी बांदा श्रमिक बनाईयो ! विश्वमा नेपालीहरू कहाँं कहाँं कसरि आप्रवासिन बने ! एनआरएन को उत्पत्ति यसकी अबको भूमिका के हुनु पर्छ “भन्ने अनेकौं सामग्रि निहित छन् !सो पुस्तक सम्पादक मा अक्स्फोर्कै प्राध्यापकहरूद्वय डेभिड एन गेल्नर र सोन्द्रा एल हसनर  रहेका छन्।
सो अक्स्फोर्ड प्रेसका अनुसार पुस्तकमा विश्वमा नेपालीहरू कसरि आप्रवासि बन्न पुगे, अबको डायास्पोरिक चेतना कसरि बदलिंदैछ भन्ने अन्य सामग्रि देखि विश्व नेपाल र नेपाली सँग सम्बन्धित २० शिर्षक का अन्य प्राज्ञिक सामग्रिहरूलाई समेत विभिन्न क्षेत्र गत विशेज्ञको अनुसन्धानमा आधारित रहेर प्रकाशनमा ल्याएको छ । सो पुस्तक फिजिको बारेमा जान्न चाहने विश्वका सबैलाई सन्दर्भ सामग्रि हुन सक्ने प्राद्यापक डा कृष्ण अधिकारि बताउंनु हुन्छ । भाषा गुमाएका नेपाली फिजीयनहरूको एउटा ऐतिहासिक दस्तावेज लाई विश्वकै सुप्रसिद्द विश्वविध्यालय मार्फत बाहिर ल्याउने अवसर पाएकोमा नेपालीकै पहिचान बढेको लेखक सापकोटा असनेपालन्युजलाई बताउंनु हुन्छ ।
सन् १८७९ मे १५ मा कलकत्ता बाट फिजिको शुभा पुगेको पहिलो जहाज ‘लियोनिदास’ , ले नेपाली पाइला लाई फिजी टापुमा पुर्याएको थियो । ४६३ जना यात्रु बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पुर्याईेको थियो । यो पहिलो जहाजमा कति नेपाली थिए त्यसको कुनै तथ्त्याङ्क भेटिंदैन तर सिङाटोकाका एक नेपाली अग्रज भन्छन् ‘हरेक जहाजमा ४०-५० जना देखि १ सय सम्मको संख्यामा नेपाली हरू रहेको हामीहरूले सुन्दै आएका छौं । सन्१८७९ देखि १९१६ सम्म भारत बाट फिजी पुगेका कुल ८७ जहाजमा नेपाली कती पुगेका थिए भन्ने एकिन छैन तर त्यो सख्या ५ हजार भन्दा काम नभएको अनुमान छ ।

हाल यो संख्या विस्तारित भएर १० हजारको हारहारिमा पुगेको इनसाइक्लोपिडियाले उल्लेख गरेको छ । फिजिको ठुलो टापु ‘मेन्ल्यान्ड ‘ भीती लेभु ‘र ‘भाउनुवा लेभु’ अन्तर्गतका सिङाटोका र लम्बासा मा नेपालीहरूका तेस्रो पुस्ता भेट्न सकिन्छ । राइ , घर्ती , मगर , थापा , न्यौपाने , पराजुली , तमाङ लगायतका थरभएका नेपालीइहरू भेटिने सो ईलाकामा नेपाली बोल्ने नेपाली भने कोहि पनि भेटिन्न्न । उनिहरूको चुलामा अझै गुन्द्रुक , सेल , ढिंडो नेपाली, परीकार पाक्छ , भेष भुषामा अझै टोपी लगाउंछन् , चाड पर्वमा दषैं तिहार , मनाउंछन्। अनुहार हेर्दा नेपाली छ तर कुरा गर्न थाल्यो उनिहरूको भाषा पुरै हिन्दी र अङेर्जी मात्र छ ।
१३६ वर्षको ईतिहास नेपालीइहरूको फिजिमा छ तर यो समुदायको प्रवर्द्दनमा न त फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो ‘”फिजी नेपाली अशोसिएशनका महासचिव अध्यक्ष प्रविण देव घर्ती गुनासो गर्छन्” । यसो त फिजी सरकारले नेपाली कमदारलाई पनि भारतीयकै दर्जामा राखेको र भारती नै हुन् भनेर ब्यवहाँर गर्ने गरेको बताइन्छ ।
फिजी बाट फर्के पछि त्यहांको रहस्यका बारेमा अस्ट्रेलियाको एक टेलिभिजनले लेखक सापकोटा सँग गरेको रोचक अन्तर्वाता यो लिङ्कमा हेर्न सकिने छ ।

https://youtu.be/jnn6YinyPwk

सम्बन्धित शिर्षकहरु