काठमाडौं । इण्डियन प्रिमियर लिग९आइपीएल०को छैटौं खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलार्इ दिल्ली डेयरडेभिल्सले मौका दिएन्। किंग्स एलेवेन पन्जाबविरुद्ध घरेलु मैदानमा दिल्ली अहिले खेलिरहेको छ । पन्जावले उसका ओपनर विस्फोटक ब्याट्सम्यान क्रिस गेललार्इ टोलीमा राखेको छैन्। गेल यस सिजनमा उत्कृष्ट लयमा देखिएका थिए।
उनको स्थानमा पन्जावको ओपनिङ केएल राहुलसँगै आरोन फिन्चले गर्नेछन्। यस खेलबाट दिल्लीको टोलीबाट भारतीय १८ वर्षे पृथ्वी शाले अाइपीएल डेब्यू गर्दैछन्। दिल्लीले अाज टोलीमा गरेको तीन परिवर्तनमा पृथ्वी ब्याट्सम्यानका रुपमा टोलीमा परेका हुन्।
दिल्लीले भारतका यू-१९ का कप्तान समेत रहेका पृथ्वी शालार्इ मौका दिएको छ। उनले भारतलार्इ २०१८ को सुरुवातमै भएको यू-१९ विश्वकपको उपाधि दिलाएका थिए। उनलार्इ दिल्लीले अक्सनबाट १ करोड २० लाख भारतीय रुपैयाँमा टोलीसँग अनुबन्ध गरेको थियो।








