जीवन परिवर्तनका लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै,प्रवेश नि:शुल्क

काठमाडौं । जीवन परिवर्तनका लागि विशेष उत्पेरणात्मक कार्यक्रम शनिवार काठमाडौंमा हुँदैछ । उक्त कार्यक्रम विश्वका १५ देशका २५ शहरमा पछि नेपालमा हुन लागेको हो । नागरिक समूह,अन्तराष्ट्रिय साहित्य समाज, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको मुख्य आयोजना कार्यक्रम हुन लागेको हो ।

विश्व शान्ति परिषदका शान्तिदूत तथा फिजीका लागि नेपाली सांस्कृतिक राजदूत आचार्य राजन शर्मा भीमसेन सापकोटा मुख्य आर्कषणका रुपमा रहेका छन् । उनको प्रवचन शान्त समाजको परिकल्पना,जीवनसर्घष मार्फत शान्त समाज निर्माणका लागि रहेको छ । आफूले दिने योग साधन मार्फत उनी समाज परिवर्तन गर्न चाहान्छन् भने शान्त समाज निर्माण गर्न चाहान्छन् ।

शर्माले अमेरिकाको आकाशमा उडिरहेको अमेरिकी एट्लान्टा विमानमा किर्तिमानी योग शिविर सञ्चालन गरी नेपालको शीर उच्च राख्न सफल भएका छन् । उनको हालको महत्वकाक्षी योजना भनको नेपाली समाजमा ज्ञान र योग बाँड्ने रहेको छ । ज्ञान र योग मार्फत् नेपाली समाजलाई स्वस्थ्य शान्त बनाउने उनको उद्देश्य छ । साथै उनको पुस्तक सुखसूत्रको समेत लोकार्पण हुनेछ । यसको लागि उनले शनिबार होटेल यल्लो पेगुडामा कार्यक्रम आयोजना गरेका छन् ।

सम्बन्धित शिर्षकहरु