काठमाडौं । मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदीको मंगलबार आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाको सोमबार राती १०:४५ बजे क्यान्सर अस्पताल पाटनमा निधन भएको थियो।
सुवेदीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । आर्यघाटमा कलाकर्मी, पत्रकार तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रह्यो। पत्नी वियोग खेपेका मदनकृष्ण श्रेष्ठ भावविह्वल थिए। कलाकार मदनकृष्णले यशोदा सुवेदीसँग २०३० सालमा विवाह गरेका थिए ।






तस्विर: १२ खरी /थाहाखबरवाट साभार








