भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीलाई ‘पद्मभूषण’ सम्मान

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी लाई पद्मभूषण सम्मानवाट सम्मानित भएका छन् । सोमबार भारतका राष्ट्रपति राम नाथ कोविदले राष्ट्रपति निवासमा भएको एक विशेष समारोहका बीच ध्वनीलाई पद्मभूषण सम्मान प्रदान गरेका हुन्।

सम्मान ग्रहण गर्दा पूर्वकप्तान ध्वनी भारतीय सेनाको लेफ्टिनेन्ट कर्नेलको युनिफर्ममा राष्ट्रपति निवासमा सरिक भएका थिए। सम्मानका लागि नाम घोषणा हुने बित्तिकै उनी सेनाको जस्तै हिँडाइमा राष्ट्रपति कोविद नजिक पुगेका थिए।

पद्मभूषण सम्मान भारत रत्न तथा पद्मविभूषणपछिको भारतको तेस्रो उच्च दर्जाको नागरिक सम्मान हो। सन् २०११ को विश्वकप क्रिकेटको उपाधि ध्वनीले आफ्नो नेतृत्वमा भारतका लागि दिलाएको भन्दै उनलाई भारतीय आर्मीले सोहि वर्षको नोभेम्बर १ मा लेफ्टिनेन्ट कर्नेलको दर्जा प्रदान गरेको थियो।

सम्बन्धित शिर्षकहरु