‘कृ’ फिल्मका निर्माता प्रहरी नियन्त्रणमा,के हो लफडा ?

काठमाडौं । कृ फिल्मका निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘कृ’को ‘उकालीमा अघि अघि‘’ बोलको गीत चोरेको आरोपमा पक्राउ परेका हुन् ।नायक अनमोल केसी र नेपाली फिल्ममा डेब्यू गरेकी अदिती बुढाथोकी अभिनित फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले कृ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

गिरीविरुद्ध प्रतिलिपि अधिकार ऐन २०४९ अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ । ऐनको दफा २५ मा कुनै पनि रचयिता तथा प्रतिलिपि धनीको अनुमति बिपरित कुनै रचनाकाे पुनर्उत्पादन गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो गरेमा १० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्मको कैद वा दुवै सजाय हुनसक्ने ऐनको दफा २७ मा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु