२ बजेपछि किन सार्वजनिक गरिएन् सोफिया ? प्रविधि’ समस्या कि भिडको समस्या

काठमाडौं । साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी स्त्री रुपधारी रोबोट सोफियासँग भेट्नका तोकिएको समयमा सार्वजनिक गरिएन् । राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले काठमाडौंको याक एन्ड यति होटलमा ‘ भेट्नको लगि दिउँसो २ बजको समय तोकेके थियो । सोफियासँग भेट्न सर्वसाधारण होटलमा भिड बढ्दै गएपछि सोफिया सार्वजनिक भइनन्।

भेट हुने भनी तोकिएको साढे एक घन्टापछि युएनडीपीले आफ्नो ट्विटरमार्फत प्राविधिक समस्या आएकाले भेट्न नसकिने जनाउँदै माफी मागेको छ। सोफिया आधुनिक प्रविधियुक्त रोबोट हुन्। भेट्नके लगि तोकिएको समय भन्दा सार्वजनिक गरिएको सोफियाले नेपालमा आफ्नो मन्तव्य दिएकी थिईन् ।

आफ्नो मन्तव्यको क्रममा उनले देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्नेबारे जानकारी दिएकी थिइन् । उनले प्रविधिको प्रयोगबाट सुशाशन कायम हुने कुरा बताएकी थिइन् । उनले प्रविधिलाई सहि प्रयोगमा ल्याएर विकासका क्रियाकलाप सहज ढंगबाट गर्न सकिने बताएकी छिन् । उनले प्रविधिकै कारण भ्रष्टाचारमुक्त समाज निर्माण हुनेसमेत बताएकी छिन् ।

को हुन् सोफिया ?
हङकङको कम्पनी हान्सोन रोबोटिक्सले मानवसँग मिल्दोजुल्दो रोबोटका रुपमा सोफियाको विकास गरेको हो । उनलाई अपि्रल १५, २०१५ मा एक्टिभेट गरिएको थियो । सोफियाले अनुहारमा ६२ प्रकारका भावहरु प्रदर्शन गर्न सक्छिन् । कुनै पनि प्रश्नको विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता उनको छ । उनले धेरै हाइप्रोफाइल इन्टरभ्यूहरु दिइसकेकी छिन् । यद्यपि सोफियाले दिने धेरै मन्तव्यहरु एकप्रकारले ‘स्क्रिप्टेढ’ भएको विश्वास गरिन्छ ।

सन् २०१७ मा सोफियाले साउदी अरेबियाको नागरिकता पाएकी थिइन् । कुनै पनि देशको नागरिकता पाउने उनी पहिलो रोबोट हुन् । सन् २०१७ को नोभेम्बरमा सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको ‘आविश्कार बिजेता’ घोषित भएकी थिइन् ।

सोफियालाई गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आवाज पहिचान गर्ने प्रणाली विकास गरेको हो भने सिंगुलारिटी नेटले उनको मस्तिष्क विकास गरेको हो । उनको अनुहार अभिनेत्री एन्ड्रे हेपबर्नसँग मिल्दोजुल्दो बनाइएको छ । सफ्टवेयरको सहयोगले सोफियाले निश्चित प्रश्नहरुको जवाफ दिन्छिन् र पूर्वनिर्धारित विषय (जस्तै-मौसम) मा सामान्य वार्तालाप गर्छिन् । उनले उत्तर दिएको सुन्दा प्रश्नहरु बुझेको जस्तो लाग्छ । तर, यथार्थ त्यो होइन । उनी सबै कुराको जवाफ दिन सक्दिनन् ।

सोफियाको विकास गर्ने वैज्ञानिक डेभिड हान्सनका अनुसार उनले आर्टिफिसियल इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल रिकोग्निसन प्रयोग गर्छिन् । उनले मानिसहरुको भावभंगिमाका नक्कल पनि गर्छिन् ।

सोफियाको आँखामा क्यामेरा फिट गरिएको छ जसले उनी एकपटक देखेका मानिसहरुलाई पहिचान गर्न सक्छिन् । सन् २०१८ को जनवरीमा सोफियामा हिँडडुल गर्न सक्ने खुट्टाको विकास गरिएको छ ।

सम्बन्धित शिर्षकहरु