विश्वका शक्तिशाली पासपोर्टकोसूचीमा नेपालको हैसियत कति ?

काठमाडौं । राहादानी (पासपोर्ट) कुनै पनि देशका नागरिक अन्य देशमा जाँदा प्रयोग गर्ने राष्ट्रिय परिचयपत्र हो । विश्वव्यापी हैसियत आधारमा नेपाल सबैभन्दा कमजोर राहदानी भएका मुलुकहरुकै सूचीमा रहेको छ । कुन देशको पासपोर्ट कत्तिको शक्तिशाली छ भनेर कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसाको अनुपात र प्रकारलाई केलाएर हेन्ले एण्ड पाट्नर्सले तयार पार्ने पासपोर्टहरुको विश्वव्यापी सुचांकमा नेपाल पुच्छारबाट सातौँ स्थानमा परेको हो। जर्सीमा प्रधान कार्यलय रहेको सो फार्मले २०१८ को फेब्रअरीसम्मको तथ्यांकका आधारमा सो सुचकांक तयार पारेको हो।

विशेषगरी ट्राभल डकुमेन्टका लागि सहजताका आधारमा यस्तो इन्डेक्स तयार पारिएको हो। मूलतः भिसा अप्लाइ नै नगरी जान सकिने मुलुकहरुको सूचीका आधारमा राहदानीको वर्गीकरण गरिएको हो। विश्वव्यापी हैसियतका आधारमा नेपाल शक्तिशाली पार्सपोर्ट भएको सूचीको पुछारबाट सातौँ स्थानमा परेको छ। जर्सीमा प्रधान कार्यलय रहेको सो फार्मले २०१८ को फेब्रअरीसम्मको तथ्यांकका आधारमा सो सुचकांक तयार पारेको हो।

शक्तिशाली पासपोर्ट भएका देश

विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको छ। यी दुई देशलाई १८० देशले अन दि एराइभल भिसा दिन्छन्। यी देशपछि जर्मनीको पासपोर्टलाई शक्तिशाली मानिएको छ जसलाई १७९ देशले अन दि एराइभल भिसा दिन्छन्।

नेपाली पासपोर्ट कति शक्तिशाली ?
नेपाल सबैभन्दा कमजोर राहदानी भएका मुलुकहरुकै सूचीमा छ। सुचकांक अनुसार कुल १०५ देशको सूचीमा नेपाल ९९ औँ स्थानमा परेको छ। नेपाललाई ३६ वटा देशले अन दि एराइभल भिसा प्रदान गर्छन्।नेपाललाई ३६ वटा देशले अन दि एराइभल भिसा प्रदान गर्छन्।

नेपालबाट अन दि एराइभल भिसा दिने देशमा जाँदा आवश्यक कागजपत्र पुरा गरेमा तत्काल भिसा पाउन सकिन्छ। नेपाललाई अन दि एराइभल भिसा प्रदान गर्नेमा बंङ्गलादेश, बोलिभिया, कम्बोडिया, केप भर्द, कोमोरस, इजिप्ट, लाओस, केन्या, माल्दिभ्स, मौरिसस, युगाण्डा, तान्जेनिया, सोमालिया लगायतका देश छन्।

यी बाहेक सिङ्गापुर, हाइटी, इन्डोनेसिया, फिलिपिन्स, पाकिस्तान, प्यालेस्टाइन लगायतका देशले समेत नेपाललाई यस प्रकारको भिसा दिन्छन्। सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ। अफगानिस्तानलाई केबल २४ देशले अनएराइभल भिसा प्रदान गर्छन्।

त्यसपछि पुछारबाट क्रमश १०४औँ स्थानको इराकलाई २९ देशले अनएराइभल भिसा दिन्छन्। त्यस्तै १०३औँ स्थानको सिरिया २८, १०२औँ स्थानको पाकिस्तानलाई ३०, १०१औँ स्थानको सोमालियालाई ३२ र १००औँ स्थानको यमनलाई ३५ वटा देशले अनएराइभल भिसा दिने गर्छन्।

दक्षिण एसियाका अन्य राष्ट्रहरुमा बंङ्गलादेश ९७औँ, श्रीलंका ९४औँ, भुटान ८५औँ, भारत ८१औँ र माल्दिभ्स ५९औँ स्थानमा छ। दक्षिण एसियामा सबैभन्दा शक्तीशाली पासपोर्ट भएको माल्दिभसलाई ३, भारतलाई ५६, भुटानलाई ५२, श्रीलंकालाई ४२ तथा बंङ्गलादेशलाई ३ वटा देशले अन दि एराइभल भिसा दिन्छन्।

सम्बन्धित शिर्षकहरु