एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन पराजित भएको छ । शनिबार भएको खेलमा एभर्टन बर्नलीसँग २-१ गोल अन्तरले पराजित भएको हो । बर्नलीको जितमा एश्ले बर्नेज र क्रिस वुडले गोल गरेका थिए भने एभर्टनका लागि सेन्क टोसनले गोल गरेका थिए ।
खेलको २०औ मिनेटमा टोसनले गोल गर्दै एभर्टनले सुरुवाती अग्रता लिएको थियो । सुरुमा गोल खाएर पछि परेको बर्नलीले खेलको ५६औ मीनेटमा बर्नेजले गोल गर्दै खेल १-१ गोलको बराबरी गरेका थिए भने खेलको ८०औ मिनेटमा टोसनले गोल गर्दै बर्नलीलाई जिताएका थिए । खेलको ८६औ मिनेटमा एभर्टनका एशले विलियम्सले रातो कार्ड पाएर मैदान छोडेपछि एभर्टन १० खेलाडीमा सिमित भएको थियो ।
जितपछि बर्नली २९ खेलमा ४० अंकसहित लिगको सातौ स्थानमा रहेको छ भने एभर्टन २९ खेलमा ३४ अंकसहित लिगको नवौ स्थानामा रहेको छ ।








