शिवरात्रीमा पशुपतिनाथको दर्शन डेढ घण्टामै,यस्तो छ प्रवेश रुट

काठमाडौं । दर्शनार्थीहरुले महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरमा सहज रुपमा दर्शन गर्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले अघिल्लो वर्षहरुको भन्दा यसपटक केहि नियमहरु परिवर्तन गरेका हुनाले पशुपतिको दर्शन गर्न यसवर्ष सहज हुने भएको हो । यो शिवरात्रीमा विशेष शुल्कतिररे पशुपतिको दर्शन गर्न पाईने छैन् ।

यस्तो छ प्रवेश रुट
पशुपति दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार बत्तीसपुतली–गौशाला र कोटेश्वर एयरपोर्ट तर्फबाट आउने दर्शनार्थीका लागि पिङ्गलास्थान –चार शिवालय –पन्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।

गुहेश्वरीतिरबाट आउने दर्शनार्थीका लागि गौरीघाट –उमाकुण्ड –दक्षिणामूर्ति – रुद्रगाडेश्वर –बासुकीनाथ हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । यस्तै चावहिल तर्फबाट आउनेका लागि सिफल– जयवागेश्वरी –मित्रपार्क, जयवागेश्वरी हुदै भुवनेश्वरीस्थित फलामको ढोकाबाट प्रवेश गरी पश्चिम ढोकासँगै प्रहरी प्रहरा गणबाट मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ ।

सम्बन्धित शिर्षकहरु