यस्तो हुनेछ राष्ट्रियसभा चुनावको मतपत्र,कुन उम्मेदवार जिताउन कस्तो मतपत्र प्रयोग गर्ने ?

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । माघ २४ गते हुने राष्ट्रियसभा चुनावका लागि चार प्रकारका आठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो ।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख वा अध्यक्षरउपाध्यक्षले अलग(अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुन्नेछन् ।

निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८-८ जना निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीमा निर्वाचन हुनेछ ।

हेर्नुहोस् : मतदान गर्ने मतपत्र

सम्बन्धित शिर्षकहरु