रियाल मड्रिड खराव प्रदर्शन,न चले रोनाल्डो न चल्यो जिदान नीति

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिड यो सिजन खराव प्रदर्शनबाट गुज्रिएको छ । ला लिगाको उपाधि होडबाट निकै पछाडि रहेको रियालले घरेलु मैदानमा समेत हार बेहोर्न थालेको छ । रियाल मड्रिड घरेलु मैदानमा शनिबार राति भएको खेलमा भिल्लारियलसंग १–० ले पराजित भयो । पाब्लो फोर्नल्सले ८७ औं मिनेटमा गोल गर्दै भिल्लारियललाई विजयी गराए । क्रिष्टियानो रोनाल्डो गोल गर्न नपाएर छट्पटिएका छन् ।

यो हारले फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको तनावको पारो बढेको छ । लिगका अन्य खेलमा गिरोनाले लास पल्मासलाई ६–० ले हरायो ।  माइकल ओलुंगाले ह्याट्रिक गरे । एथलेटिको मड्रिडले आइबारलाई १–० ले तथा भ्यालेन्सियाले डेपोर्टिभोलाई २–१ ले हरायो ।

आइतबार राति १ः३० बजे बार्सिलोनाले रियाल सोसिडाडसंग उसकै मैदानमा खेल्दैछ । लिगको अंक तालिकामा बार्सिलोना १८ खेलबाट ४८ अंकसहित शिर्ष स्थानमा रहेको छ । एथलेटिको मड्रिडको ४२, भ्यालेन्सियाको ४० तथा रियाल मड्रिडको जम्मा ३२ अंक छ ।

सम्बन्धित शिर्षकहरु