अमृत शर्मा
सिड्नी,अस्ट्रेलिया
अस्ट्रेलिया मा फेरी अर्को दुखद घटना घटेको छ । नयाँ वर्ष को दिन सोमबार राति १ः५६ बजे आफ्नो फेसबुकको प्रोफाइल पिक्चर चेन्ज गरेकी अस्मिता रिजाल जनवरी २ तारिक का दिन लिडकम्बको आफ्नै निवासमा मृत अवस्थामा भेटीएकि छिन ।
स्थाई घर काठमाडौँ बबरमहल भएकी २२ बर्षिया अस्मिता करिब ३ वर्ष आगाडी ब्रिसबेन को ग्रिफ्थ यूनिभर्सिटीमा उच्चशिक्षा अध्ययनका लागि आएकी थिईन । करिब २ वर्ष आगाडी ब्रिसबेन बाट सिड्नी सरेर पढ्दै गरेकी रिजाल आफ्नै निवासको कोठा मा झुन्डिएको अवस्थामा भेटीएको छ । उनि ब्रिसबेन बाट सिड्नी को स्त्रथफिल्ड सरेकी थिईन, त्सयपछि क्यम्प्सी, अबर्न हुदै करिब ३ महिना आगाडी मात्रै लिडकम्ब सरेको कुरा उनका नजिकका साथीहरुले बताएका छन् । सबै संग मिलनसार व्यवहार भएकी अस्मिताले डिप्रेरसनका कारण आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ यद्दपि आधिकारिक पुष्टि भने भएको छैन । हाल हत्या हो कि आत्म हत्या हो भन्ने कुरा इन्भेस्टिगेशन भई रहेको छ ।
पोस्टमार्टम भईसकेपछि उनको शवलाई नेपाल पठाउन एन. एस. डब्लु फुनेरल डिरेक्टर संग कुरा भईरहेको र अस्ट्रेलिया टु नेपाल शव पठाउन नेपाल सरकार को अनुमति लिनुपर्ने हुनाले पत्राचार गर्न नेपाली राजदुताबास क्यानबेराका डेपुटी चिफ़ अफ मिसन राजेन्द्र पाण्डे संग छलफल भई रहेको एन एस डब्लु का लागि नेपाल सरकारका महाबाणिज्यदूत दिपक खड्काले जानकारी दिए । साथै शवलाई कसरी नेपाल पठाउने भन्ने विषयमा उनको परिवार संग पनि छलफल भईराखेको एन आर एन अस्ट्रेलियाका भाईस प्रेसिडेन्ट नन्द गुरुङले बताए ।
नेपाली कम्युनिटीमा बिगतमा पनि यस्ता घटनाहरु हुने गरेको र आगामी दिनमा दोहोरिन नदिनका लागि विविन्न संग-संस्थाहरु संग मिलेर बिद्यार्थीहरुलाई लक्षित गरि सचेत र चेतना मुलक कार्यक्रमहरु गर्नुपर्ने एन आर एन अस्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले बताए । साथै कोहि बिद्यार्थी लाई कुनै पनि किसिम को मानसिक तनाब भईराखेको छ भने तुरुन्त आफ्नो नजिकको व्यक्ति संग शेयर गरी समस्स्या समाधान को खोजि गर्नका लागि पनि उनले आग्रह गरे ।
बिद्यार्थी भिषामा आएका नेपालीहरु मानसिक र शारिरीक रुपमा पिडित हुने र आफ्नो समस्स्या लाई कसै संग शेयर नगर्ने गरेकाले पनि डिप्रेशन बढ्ने गरेको तसर्थ यसको समाधान का लागि सबै ले आ-आफ्नो ठाउँबाट बिद्यार्थीहरुलाई ब्यबहारिक र नैतिक सपोर्ट गर्नु पर्ने एन आर एन ए ( एन एस डब्लु का योउथ कोर्डीनेटर विजय पलले बताए । नेपालमा भएका अविभाबकहरुले पनि आफ्नो छोराछोरीको अवस्थाका बारेमा ख्याल राख्नने र बेला बेला मा छोरा छोरीको नजिकका साथी भाई वा इस्टमित्र संग सोधेर यथार्थ खबर थाहा पाई त्यही किसिमले सर-सल्लाह पनि दिने हो भने पनि यस्ता घटनाहरु कम हुने कानुन ब्यवसायी खिलेन्द्र तिमिल्सिनाले बताए ।
जिन्दगिमा आईपर्ने सानो दुःख नै जीवनको अन्त्य होइन, मर्नु कुनै विकल्प होइन, हरेक समस्स्याको समाधान गर्ने शक्ति हामी संगै छ, वस त्यसलाई प्रयोगमा ल्याउन सक्नुपर्छ, ‘साथै कोही पनि बिद्यार्थी लाई मानसिक परामर्शको निःशुल्क, गोप्य मेन्टल काउन्सिलिंगमा सहभागी भइ स्वस्थ जीवन जिउनका लागि योगगुरु एबं मानसिक काउन्सुलर भीमसेन सापकोटाले आग्रह समेत गरेका छन् ।









