अष्ट्रेलियामा वेलकम २०१८’ सांगीतिक यात्रा,सागर,सुरज र केन्जल प्रस्तुती कहिले कहाँ ?

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलका ३ लोकप्रिय प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जलमेहर श्रेष्ठ अस्ट्रेलियाको कार्यक्रममा जाने भएका छन् ।

‘वेलकम २०१८’ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी ७ बाट सुरु भई फेब्रुअरी २ मा सकिनेछ । इभेन्ट टुरको व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’का रोशन भट्टराईले जानकारी दिएअनुसार जनवरी ७ मा पर्थ,जनवरी १४ मा ब्रिजबेन, जनवरी १९ मा सिड्नी, जनवरी २० मा क्यानभरा , जनबरी २५ मा मेलबर्न, जनवरी २७ मा तासमानिया र फेब्रुअरी २ मा डारबिनमा यस सांगीतिक यात्राको आयोजना हुने भएको छ ।

कार्यक्रममा सागर, सुरज र केन्जलले बिभिन्न गीतसंगीतहरू प्रस्तुत गर्ने छन् भने स्थानीय कलाकारहरूको पनि बिभिन्न प्रस्तुतिहरू समेटिने छन् ।

सम्बन्धित शिर्षकहरु