ह्यारी केनको ह्याट्रिकमा टोटनह्यामको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामका लागि ह्यारी केनको कीर्तिमानी प्रदर्शनसँगै शनिबार राति भएको खेलमा जित हात पारेको छ । अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनाको टिम टोटनह्यामले बर्नलीलाई ३–० ले हराएको हो । टोटनह्यामका लागि तीनै गोल केनले गरेका हुन् ।

खेलमा सुरुवाती अग्रता टोटनह्यामले ७ औं मिनेटमा केनको गोलले लिएको थियो । पहिाले हाफमा १–० ले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा दुई गोल ग¥र्यो । ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि अर्का एक गोल गर्दै ह्याट्रिक पूरा गरे ।

केनको ह्याट्रिकसँगै उनले एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने एलन शिएररको कीर्तिमानसँग बराबरी गरेका छन् । शिएररले २२ वर्षअघि सन् १९९५ मा एक वर्षमा प्रिमियर लिगमा ३६ गोल गरेर कीर्तिमान बनाएका थिए ।

केनले बर्नलीसँगको खेलमा गरेको गोल प्रिमियर लिगमा सन् २०१७ मा गरेको उनको ३४ औँ, ३५ औँ र ३६ औँ गोल हो ।

खेलपछि बर्नलीका प्रशिक्षक शन डिचले केनले टोटनह्यामलाई राम्रो टिमबाट वास्तवमै झनै राम्रो टिम बनाएको भन्दै प्रशंसा समेत गरेका थिए ।

जितसँगै टोटनह्याम अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । टोटनह्यामको १९ खेलबाट ३४ अंक भएको छ । बर्नली ३२ अंकसहित सातौँ स्थानमा छ ।

लिग अन्तर्गत राति नै भएको अन्य खेलमा साबिक विजेता चेल्सी एभर्टनसँग गोल रहित बराबरीमा रोकियो । तेस्रो स्थानको चेल्सीको ३९ तथा नवौँ स्थानको एभर्टनको २६ अंक भएको छ । खेलमा न्युक्यासलले वेष्ट ह्यामलाई ३–२, स्टोक सिटीले वेष्ट ब्रोमलाई ३–१ तथा ब्राइटनले वाट्फोर्डलाई १–० ले हरायो ।

सम्बन्धित शिर्षकहरु