मालपोत कार्यालयमा वम विस्फोट,तीन जना घाइते

सिरहा । सिरहको मालपोत कार्यालयमा वम विस्फोट भएको छ । विस्फोटमा परि तीन जना घाइते भएका छन् । वम विस्फोटमा परि सिराहका राजकुमार पासवान उनका छोरा र सिराहकै पवन पासवान घाइते भएका छन् ।

सिरहाको सदरमुकारमा रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा परि घाइते भएका तीन जनाको सदरमुकाममा रहेका अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु