पिउने पानीले कार धोएपछि विराट कोहलीलाई ५ सय जरिवाना

एजेन्सी । भारतको कप्तान विराट कोहलीलाई ५ सय भारूको जरिवाना काटिएको छ। गुरूग्रामस्थित निवासमा घरबाहिर पिउने पानीले कार धोएका कारण उनलाई जरिवाना तिराइएको हो। कोहली बसेको क्षेत्रमा पछिल्लो समय पानीको संकट रहँदै आएकाले जाँच अधिकारीहरू पानीको दुरूपयोगको गरेको भन्दै जरिवाना गरिएको बताईएको छ ।

कोहलीको घरबाहिर सरकारी अधिकारीहरूले उनका घरेलु सहयोगी दीपकले पिउने पानीले बिएमडब्लु कार पखालिरहेको भेट्टाएपछि उनलाई जरिवानाको रसिद काटिएको हो। कार धोइरहँदा खानेपानी निगमका कर्माचारी त्यहाँ पुगेका थिए। नियम अनुसार पिउन उपलब्ध गराइएको पानी अन्य प्रयोजनमा प्रयोग गर्न पाईंदैन।

 

सम्बन्धित शिर्षकहरु