
एजेन्सी । श्रीदेवीको निधनको पछाडि चिकित्सकहरुले कार्डिएक अरेस्टको कारण देखाएपनि केहीले भने यसको पछाडि अरु नै कारण भएको बताइरहेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार श्रीदेवीले आफ्नो सौन्दर्यतालाई निखार्नका लागि २९ पटक प्लास्टिक सर्जरी गरिसकेकी थिइन् र यसैलाई धेरैले उनको मृत्युको कारण भएको बताउँदै आएका छन् ।
श्रीदेवीको बारेमा लेखिएको पियाली गांगुलीको एउटा भाइरल म्यासेजमा उनीमाथि ५४ वर्षको उमेरमा पनि कम उमेरको देखिन दबाब थियो । खबरहरुका अनुसार अन्तिम पटकको सर्जरीमा गडबढी भएपछि उनले दबाई पनि लिएकी थिइन् । क्यालिफोर्नियाका चिकित्सकको सल्लाहमा उनले डाइट पिल्स र एन्टी एजिङ दवाई पनि लिन शुरु गरेकी थिइन् ।
प्लास्टिक सर्जरीले मानिसको स्नायुप्रणाली, पिगमेन्टेशनमा क्षति पुर्याउनुका साथै खुनको थेग्ला जम्ने समस्या आउँछ । धुम्रपान गर्ने व्यक्तिको सर्जरीको घाउ अन्यको तुलनामा निको हुन धेरै समय लाग्छ । कहिलेकाहिँ त यसले श्वासप्रश्वास प्रणालीलाई अवरुद्ध गरेर कार्डिएक अरेस्ट पनि गराउँछ ।
सर्जरी गरेपछि छालामा असर पर्ने सम्भावना ज्यादा हुन्छ । साथै यसले शरीरमा हर्मन परिवर्तनको समस्या पनि उत्पन्न गराउँछ । धेरैजसो प्लास्टिक सर्जरीपछि छाला पोल्ने, चिलाउने र दागहरु आउने गर्छ । प्लास्टिक सर्जरीमा थोरै पनि लापार्वाही भएको खण्डमा ज्यान पनि जानसक्छ । सुन्दर देखिनका लागि सर्जरी गरिएको अंग सधैका लागि बिग्रन सक्छ ।
यद्यपि, पछिल्लो खबरका अनुसार युएईमा भएको परीक्षणपछि उनको डुबेर मृत्यू भएको बताइएको छ ।








