रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको पहिलो अधिवेशन सिड्नीमा सम्पन्न कृष्ण गैरे अध्यक्षमा चयन।

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको पहिलो अधिवेशन आज  सिड्नि स्थित क्याम्सिमा सम्पन्न भएको छ । नेपालको रुपन्देही जिल्लाबाटआइ अष्ट्रेलिया सिड्नीमा बसोबास गर्दै आइरहेका दाजुभाई दिदीबहिनीहरुको सो संस्थाले कृष्ण गैरेलाइ अध्यक्षमा चयन गरेको छ।

सो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुवन पाण्डे, उपाध्यक्ष मोहन पाण्डे, महासचिवमा महेश्वर शर्मा, सचिवमा सरोज पाण्डे तथा कोषाध्यक्षमा रोशन कोइरालालाई नियुक्त गरेको छ ,भने संस्थाको संरक्षकमा निबर्तमान अध्यक्ष राज खनाललाई चयन गरेको छ। साथै सांस्कृतिक संयोजकमा इश्वर पोखरेल,पब्लिक रिलेसन अफिसरमा शुशिल नेपाल,खेलकुद संयोजकमा शोभित कुंवर, कन्ट्रि कोर्डिनेटरमा सन्तोष केसि ,युवा संयोजकमा दिपेन्द्र भण्डारी,पोर्जेक्ट म्यानेजरमा मुक्तिराम पोखरेल रहेका छन भने सदस्यहरुमा चुन्ना क्षेत्रि,दिवाकर काफ्ले ,इश्वरी गैरे,विक्रम विश्वकर्मा,विप्लब सापकोटा अर्जुन केसि ,प्रदिप पन्थि ,प्रदिप खनाल,कृष्ण प्रसाद पोखरेल,जगत थापा ,रेमन केसि चयन भएका छन । साथै प्रेस एड्भाइजरमा टिका कार्कि,सल्लाहाकारहरुमा रामजि विष्ट र भरत देवकोटा चयन भएका छन । सो संस्थाको आगामी बैठक बाट रिक्त पदहरुमा अन्य पदाधिकारीहरु चयन गरिने सो संस्थाले बताएको छ।

रुपन्देहि सामाजिक सञ्जाल अष्ट्रेलियाका निबर्तमान अध्यक्ष राज खनालले सो समारोहमा वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनको पूर्णरुप हेर्नको निम्ती तलको लिंक्मा क्लिक गर्नुहोला ।https://www.facebook.com/Ausnepalnews2/videos/1603399206365547/

संस्थाका कोषाध्यक्ष रोशन कोइरालाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा नव नियुक्त अध्यक्ष कृष्ण गैरेले आगामी दुइ वर्षमा गरिने कार्यक्रममको योजना पढेर सुनाएका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु स्टेट कोर्डिनेटर नन्द गुरुङ्गले नयाँ पदाधिकारीहरुलाई बधाइ दिंदै एनआरअन अष्ट्रेलियाले सो संस्थालाइ सक्दो सहयोग गर्ने बताए । साथै सो समारोहमा एनआरएनए अष्ट्रेलियाका सचिव देव गुरुङ्गले नव गठित टिमलाई बधाइ दिंदै यो संस्थाले गर्ने काममा आफूले पनि सघाउने बताए।सो समारोहमा निवर्तमान अध्यक्ष राज खनालले सबै पदाधिकारीहरुलाई बधाइ दिंदै आगामी कार्यकालको निम्ती शुभकामना दिएका थिए । सो कार्यक्रमलाई महेश्वर शर्माले संचालन गरेका थिए ।

सम्बन्धित शिर्षकहरु