अाज २०१७ कै सबैभन्दा चिसो, केही दिन अझै चिसो बढ्ने

काठमाडाै । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अाजबाट अकस्मात जाडो बढेको छ । अाज यस वर्षकै सबैभन्दा बढी चिसो भएको मौसमविदहरुले बताएका छन् ।  अाज बिहान करिब साढे ६ बजे मापन गरीए अनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको थियो जुन २०१७ कै सबैभन्दा कम तापक्रम हो ।

अहिले भने काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढ्दै गर्दा अब केही दिन अझै चिसो बढ्ने माैसमविद्ले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु