बाँदरको सेल्फीका कारण फोटोग्राफरलाई मुद्दा

भदौ २७,एजेन्सी । बाँदको सेल्फीको स्वामित्व कस्ले लिने भन्ने बिबादका कारण लामो समयदेखि मुदा खेपेमा फोटोग्राफर डेविड स्लेटरले अन्ततः फैसला आफ्नो पक्षमा परेका छन ।

न्यू साउथ वेल्सका फोटोग्राफर डेविड स्लेटरको क्यामेरामा बाँदरको सेल्फी खिचिएको थियो ।सन् २०११ मा इन्डोनेसियाको जंगलमा लिइएको विश्वमै चर्चित यो तस्वीरको स्वामित्वमा विवाद रहँदै आएको थियो ।

बाँदरले नै सेल्फी लिएको भन्दै पशु अधिकार समूह ‘पेटा’ ले तस्वीरको स्वामित्वमा फोटोग्राफर स्लेटरको कुनै हक नरहेको दाबी गरेको थियो । स्लेटरले भने तस्वीरका लागि आफूले वातावरण मिलाएको, निकै मेहनत गरेको र क्यामेरा पनि आफ्नै रहेको दाबी गर्दै स्वामित्व आफूले पाउनु पर्ने जिकिर गरेका थिए ।

तस्वीरको स्वामित्व सम्बन्धी मुद्दामा फैलसा गर्दै अमेरिकी अदालतका न्यायाधीशले बाँदरलाई स्वामित्वसम्बन्धी कानुन अन्तर्गत अधिकार दिन नमिल्ने बताए । साथै उनले बाँदरका तर्फबाट पेटाले दायर गरेको मुद्दा पनि खारेज गरिदिएका छन् ।

फोटोग्राफर स्लेटरले उक्त तस्वीरको रोयल्टीबाट प्राप्त हुने रकमको २५ प्रतिशत रकम दान गर्ने भएका छन् । उनले तस्वीर बिक्रीबाट आउने रकमको एक चौथाइ हिस्सा उक्त बाँदर रहेको स्थानको रक्षा र विकासमा सक्रिय संस्थालाई दिने सहमति भएको स्लेटर र पेटाका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

विश्वमै चर्चित रहेको यो तस्वीरबापत हालसम्म फोटोग्राफर स्लेटरले आम्दानी हासिल गर्न सकेका छैनन् । तस्वीरको स्वामित्वसम्बन्धी कानुनी विवादका कारण उनले रकम पाउन नसकेका हुन् ।

 

 

सम्बन्धित शिर्षकहरु