रिलिज अगावै लिक भयो ‘आइफोन ८’ को मोडल

भदाै २६ । एप्पलले आइफोनको अर्को नयाँ मोडल ‘आइफोन ८’ मंगलबार रिलिज गर्ने तयारी गरिरहेका बेला कम्पनी कै एक कर्मचारीले सम्पूर्ण जानकारी र तस्बिर सहित लिक गरिदिएका छन् ।

एप्पलका ब्लगर जोन ग्रब्बरका अनुसार लिक भएको जानकारी गल्तीका कारण नभई जानीजानी र नोक्सान गर्ने मानसिकताका साथ भएको हो । ‘आइफोन ८’ को नयाँ अनलकिङ सिस्टम र अपग्रेडेड क्यामराका बारेमा सम्पूर्ण जानकारीका साथ लिक गरिएको छ ।

यसका साथै आइफोनको सफ्टवेयर र अपरेटिङ सिस्टम सम्बन्धी पनि खुुलासा गरिएको हुँदा यसले व्यापारमा पनि प्रभाव पार्न सक्ने बताइएको छ । एप्पलकै कम्प्युटर सर्भरबाट अपरेटिङ सिस्टमको कोडको लिङ्क डाउनलोड भएको जानकारी पनि प्राप्त भएको छ । उक्त लिङ्कबाट जो कोहीले पनि नयाँ आइफोन मोडलको सफ्टवेयर डाउनलोड गर्न सकिने खबर आएपछि यो लिक एप्पल इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ । एजेन्सी

सम्बन्धित शिर्षकहरु