सिआइबीको प्रहरी भन्दै मान्छे अपहरण

भदौ २५, काठमाडौं । आफू सिआइबीको र महानगरीय प्रहरी परिसर काठमाडौ‌ंको प्रहरीे भएको भन्दै मान्छे अपहरण गर्दै मोटो रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले अपहरण गर्ने तीन जनालाई शनिबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाको थबाङका ३० वर्षे सुनिलकुमार कामी, रोल्पाकै २४ वर्षे आत्मियता बुढामगर र रुकुम भुमेका २२ वर्षे जितेन्द्र सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले दाङको घारोही उपमहानगरपलिका–१८ का ५३ वर्षका हस्तबहादुर नेपालीलाई अपहरण गरेका थिए ।
अपहरणकारीले पुरानो चिनजानका साइनो जोड्दै उनलाई बोलाएर अपहरण गरी काठमाडौंकै एक होटलमा राखेका थिए। पछि सुनार र कामी आएर बन्धक बनाई पाँच लाख रुपैयाँ मागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

पाँच लाख रुपैयाँ नभएपछि हस्तबहादुरले ७८ हजार रुपैयाँ दिएको बाँकी रकम पछि दिने कागज गरेपछि उनलाई छाडिएको थियो । पुनः पछि फोन गरी बाँकी रकम माग्दै ज्यान मार्नेसम्मको धम्की दिएको पीडितले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । पीडितकै उजुरीकै आधारमा उनलाई पक्राउ गरिएको हो ।

सम्बन्धित शिर्षकहरु