खनालद्वयलार्इ दर्ज्यानी चिह्न प्रदान

एजेन्सी । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । खनालद्वयले बिहीबारै आफ्नो कार्यभार सम्हाल्नेछन् । सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

सम्बन्धित शिर्षकहरु