भदौं २५,एजेन्सी। बाबा राम रहीमकी ‘छोरी’ भनिएकी हनीप्रीतसँग बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राको व्यवसायमा साझेदारी रहेको खुलासा एक टेलिभिजन अन्तरवार्ताका क्रममा भएको छ । बाबा राम रहीमका नातेदार भूपेन्द्र गोराले यस्तो खुलासा गरेका हुन् ।
उनका अनुसार शिल्पा र हनीप्रीतकी एकदमै नजिकका साथी हुन् ।हनीप्रीतलाई भेट्नको लागि शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा धेरै पटक ‘डेरा सच्चा सौदा’मा आएका थिए । त्यहीँ शिल्पा र हनीप्रीतबीच छलफल भएपछि डेराभित्र सेभेन स्टार होटल खुलेका हुन् । यी सबैमा शिल्पा शेट्टीको लगानी भएको भूपेन्द्रले दावी गरेका छन् ।








