रातारात किन खाली गरीयो फ्लोरिडा

 

भदौ २४, एजेन्सी । अमेरिकाको फ्लोरिडातर्फ क्यारेबियन द्वीपमा विध्वंश मच्चाइसकेको इर्मा नामक आँधी अघि बढ्दै गएपछि स्थानीय प्रशासनले त्यहाँका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान निर्देश गरेको छ ।

उक्त आँधीले ठूलो क्षति पुर्‍याउन सक्ने स्थानीय प्रशासनको चेतावनीपछि सर्वसाधारणहरु रातारात फ्लोरिडाबाट बाहिरिएका छन् । फ्लोरिडामा आपतकाल घोषणा गरिएको छ ।मौसमविदका अनुसार उक्त आँधीले पुरै फ्लोरिडालाई प्रभावित पार्न सक्छ ।

यो आँधी अमेरिकाकै इतिहासमा सबैभन्दा बढी नोक्सान गर्ने आँधी रहेको कुरा मियामी विश्वविद्यालयका अनुसन्धानकर्ता ब्रायन म्याकनाल्डीका बताएका छन ।


फ्लोरिडा यसले ठूलो विध्वंश मच्चाउन सक्छ उनले बताएका छन । यो आँधीले करिब दुई करोड मानिसलाई प्रभावित पार्ने अनुमान गरिएको छ भने २५ इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

 

सम्बन्धित शिर्षकहरु