भदौ २२, हेटौंडा । बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले नाबालिकालाई अपहरण गरी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएका एकजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले मकवानपुर, इन्द्र सरोवर गाउँपालिका–८ घर भइ हाल हेटौंडा–९ लामसुरे बस्ने २९ वर्षीय श्रीराम कार्कीलाई पक्राउ गरेको हो । उनले गत भदौ ३ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेबाट एक नाबालिकालाई फकाइ–फुलाइ अपहरण गरी जंगलमा लगेर जबर्जस्ती करणी गरेका थिए ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर प्रहरीले अभियुक्त कार्कीले अपराध स्वीकार गरिसकेकाले उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिने जानकारी गराएको छ ।







