लगानी सम्मेलन: १५ वटा परियोजनामा प्रारम्भिक सहमति,यी हुन् १५ सम्झौता

काठमाडौं  । लगानी सम्मेलन २०७५ मा १५ वटा लगानी सम्झौता भएको छ। सम्मेलनमा चौधरी समूह र सर्राफ समूह मल्टिपर्पोज सेन्टर निर्माण र चौधरी समूह र स्काई पावर ६०० मेगावाट सोलार प्लान निर्माणको लागि सम्झौता भएको छ। यसैगरी सम्मेलनमा सिजी र ट्रकसेलबीच ५ जी मोबाइल सेवा, सोलार निर्माण सिजी र प्रदेश नम्बर २ बीच पनि सम्झौता भएको छ।तेश्रो अन्तराष्ट्रिय लगानी सम्मेलनमा १५ वटा परियोजनामा प्रारम्भिक सहमति भएको छ ।

सोलार परियोजनाका लागि प्रदेश २ र चौधरी ग्रुपबीच समझदारी जुटेको छ । यस्तै एक कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलरमा २ सय ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । सतलज ग्रुप तथा नबिल बैंक, एभरेष्ट बैंक र भारतको स्टेट बैंकबीच ९ सय मेगावाटको अरुण तेस्रो बनाउने सम्झौता भएको छ ।

यसैगरी कालिगण्डकी गर्ज आयोजना, बारा सेज, हिमालय बुटिक रिसोर्ट बनेपा, गैरआवासीय नेपालीको पूर्वाधार कोष र वायर हाउस निर्माण निम्बससँग लगानी सम्झौता भएको छ। यसैगरी, म्यानमारका कन्ट्राक्टर र नेपालको निर्माण व्यवसायी महासंघ, आइबिएन इन्भेष्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्य, मुथुत फाइनान्स र युनाइटेड फाइनान्स र एपी पावरका जलविद्युत, सौर्य र वायु ऊर्जामा लगानी सम्झौता भएको छ।
सिन्सियर कन्सल्टेन्सी र हिमालयन बुटिक रिसोर्ट बनेपाबीच साझेदारी हुने भएको छ । यस्तै गैरआवासीय नेपाली एनारएनए ले जुनसुकै परियोजनामा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ बराबरको कोष बनाउने भएको छ ।

नेपालको एक कम्पनी र भारतको नेश्नल कोल्याट्रलबीच ग्रीन वेयरहाउस बनाउन सम्झौता भएको छ । पूर्वाधार विकासमा साझेदारी गर्न नेपाल निर्माण व्यवसायी र म्यानमारको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कोअपरेशनबीच सम्झौता भएको छ ।

सम्बन्धित शिर्षकहरु