धामीले फलाम तताएर डाम्दा एक महिलाको ज्यानै गयो

फागुन ११ ।काठमाडौ,भारतको पश्चिम बंगालस्थित बाङ्कुरा जिल्लामा तान्त्रिक धामीले भुत भगाउने भन्दै पिटेर एक महिलाको ज्यान लिएका छन । सात जना तान्त्रिकले सैतानलाई पिटेको भन्दै एक महिलाको कुटीकुटी ज्यान लिएका हुन ।

तान्त्रिककहाँ लगिएकी शिवानी दासलार्इ सैतान भगाउने नाममा ती तान्त्रिकहरुले निर्ममतापूर्वक कुटपिट गरी फलाम तताएर शरिरमा डाम्दा ती महिलाले ज्यान गुमाएकी हुन् ।
घटनापछि सातैजना तान्त्रिकहरुलार्इ प्रहरीले पक्राउ गरी हिरसातमा राखेर घटनाको अनुसन्धान अघि बढाएको छ । बाङ्कुरा जिल्लाको जोयपुरमा शनिबार राति भएको सो घटनामा तान्त्रिकहरुले ती शिवानीलार्इ सैतान भगाउने नाममा चरम याताना दिएका थिए ।
स्थानीय गाउँलेले शिवानी दासले शरिरमा सैतान पालेर कालो जादु गरेको भन्दै उनलार्इ तान्त्रिकको जिम्मा लगाएका थिए । बाङ्कुरा जिल्लाका पुलिस प्रमुख निलकान्तमले घटनामा संलग्न तान्त्रिकसहित स्थानीयलार्इ गिरफ्तार गरिएको जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु