काठमाडौँ, ५ मङ्सिर । ‘सडक दुर्घटनाका पीडितको स्मरण दिवस’ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार दीप प्रज्वलन गरेको छ ।
माइतीघर मण्डलामा आयोजना गरिएको दीप प्रज्वलनमा ट्राफिक प्रहरीका साथै ठूलो सङख्यामा युवा, विद्यार्थीको सहभागिता रहेको थियो ।
महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नेपालमा बर्सेनि दुई हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको जानकारी दिँदै यो रोक्न व्यक्तिको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए ।
उनले दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा सडक दुर्घटनामा परी घाइते हुनुभएका बाबुराम मिश्रले आफूले हतार गरी सवारी चलाएकै कारण दुर्घटनामा परेको बताउँदै सवारी चलाउँदै हतारो नगर्न सुझाव दिए ।
नेपालमा सडक दुर्घटनामा परी औसत दैनिक पाँच जनाको मृत्यु र १२ जना घाइते हुने गरेको तथ्याङ्क छ ।


![…;8s b'3{6gfsf lkl8tx?sf] :d/0f lbj;Úsf cj;/df cfOtaf/ ;fFem dfO6L3/df cfof]lht bLk k|Hjng sfo{qmddf ;xefuL ckfªutf ePsf JolQmx? . tl:a/ M /Tg >]i7, /f;; .](http://ausnepalnews.com/wp-content/uploads/2016/11/1479648964702_RS_KTM_161120161120_3247.jpg)






