भदौं २२, काठमाडौं। असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा’ (२ को ट्रेलर रिलिज भएको २४ घण्टा नबित्दै युट्युबको नम्बर वान ट्रेन्डिङमा परेको छ ।
बुधबार साँझ सार्वजनिक भएको ट्रेलर २४ घण्टा नपुग्दै नम्बर वानमा पर्न सफल भएको हो । ट्रेलर अहिलेसम्म ४ लाख ८५ हजार बढीले हेरिसकेका छन् ।
दीपाश्री निरौलाले निर्देशन गरेको उक्त चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का आदिको मुख्य भूमिका छ ।आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमा वैदेशिक रोजगारीको कथालाई नै देखाइएको छ । चलचित्र दशैंको अवसर पारेर असोज ११ गते फूलपातीको दिन प्रदर्शन हुँदैछ








