आणविक परीक्षणको खुसीयाली मनाउदैं उत्तर कोरियाली जनता (फोटो फिचर)

भदौ २२, एजेन्सी । आज उत्तर कोरियाको राजधानी प्योङ्याङमा उत्सव मनाइएको छ ।उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा आज त्यहाँका जनताले खुशी मनाएका हुन ।

 

आणविक परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

उत्तर कोरियाको राजधानी सहरमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ ।

 

उत्तर कोरियाली नागरिकहरुले सो आणविक परीक्षणको सफलताको खुसीयालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन् ।साथै उनीहरुले उत्तर कोरियाका नेताको पनि जय जयकार र उनको पक्षमा नाराबाजी पनि गरेका थिए ।

 

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।

तर, यस पटकको परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणाबढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, ‘उत्तर कोरियाले यसअघि गरेको पाचौँपटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी

गत आइतबार उत्तरले गरेको सो परीक्षण लगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो । उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो ।

 

विश्वमा उक्त परीक्षणको बिपक्षमा निन्दा र विरोधका स्वरहरु चर्किरहेको बेला यता उत्तर कोरियामा भने यसको सफलताका लागि उत्सव नै मनाएका छन् ।

बिहीबारको सो उत्सव सरकारले आयोजना गरेको नभई नागरिक तहबाटै सुरु भएको खुसियाली हुनसक्ने त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

बिहीबारको उक्त खुसियाली र्‍यालीमा जम्मा भएका नागरिकले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै पनि प्रकारको हानी पुर्‍याउन नसक्ने बताएका थिए ।

 

उनीहरुले अब उत्तर कोरियाको आणविक शक्तिमा नै संसारको र विशेषगरी अमेरिकाको भविस्य रहनेजस्तो टिप्पणी पनि सो अवसरमा गरेका थिए ।

उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरुलाई कमजोर रुपमा नलिन पनि उनीहरुले संसारलाई सन्देश दिइरहेका थिए ।

 

उत्तर कोरियाको यो पछिल्लोपटकको परीक्षणका कारण संसारमा नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् ।

 

 

सम्बन्धित शिर्षकहरु