पेलेको रेकर्ड तोडे क्रिष्टियानो रोनाल्डोले

भदौं १६, काठमाडौं । फुटबलका महान हस्ती पेलेले बनाएको रेकर्ड फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले तोडेका छन् । विश्व कप युरोपियन छनोट अन्तर्गत फरो आइसल्याण्डसँगको खेलमा पोर्चुगल स्टार क्रिष्टियानोले ह्याट्रिक गरेसँगै ब्राजिलका पेलेको रेकर्ड तोडेका हुन् ।

रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरे भने पेलेले ब्राजिलबाट ७७ गोल गरेका थिए । पेलेले ७७ गोल ९२ अन्तर्राष्ट्रिय खेलमा गरेका थिए । उनको रेकर्ड तोडेका रोनाल्डोले १ सय ४४ खेलमा ७८ गोल गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि गरेको यो पाँचौ ह्याट्रिक हो । क्लब म्याचमा उनले ४३ पटक ह्याट्रिक गरेका छन् ।

सम्बन्धित शिर्षकहरु